प्रतिनिधी सभा भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको मृत्यु
काठमाडौं । प्रतिनिधी सभा भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार (आज) बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
आत्मदाह गर्नु अघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।