शिवनगर सामुदायिक बनको अधिवेशन काँग्रेसले वहिस्कार गर्ने

खबरपथ संवाददाता
२० माघ २०७९, शुक्रबार १८:५९

बुटवल ।  बुटवलको शिवनगर सामुदायिक बन उपभोक्ता समुहको अधिवेशनमा नेपाली काँग्रेसले वहिस्कार गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ७, ८, ९ र ११ मा पर्ने उक्त सामुदायिक बन समुहमा केही व्यक्तिले आफ्नो निजी सम्पत्ति जस्तो ठानेर लामो समयदेखि नेतृत्व दिएका र बनको विकासमा अहोरात्र खटिएका व्यक्तिलाई पाखा लगाउने प्रयत्न गरेको बताउँदै नेपाली काँग्रेसले उक्त अधिवेशन बहिस्कार गर्न लागेको  हो ।

उक्त सामुदायिक बनमा नयाँ नेतृत्व चयनका लागि भोली शनिबार निर्वाचन हुदैछ ।  शिवनगर सामुदायिक बन उपभोक्ता समुहको कार्य क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नं. ७, ८, ९ र ११ को नेपाली काँग्रेस वडा समितिले सामुहिक विज्ञीप्ती जारी गरी निर्वाचन बहिस्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*