देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुटवलमा

खबरपथ संवाददाता
२२ माघ २०७९, आईतवार १२:२५

बुटवल । देशभरका उपमहानगरहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवलमा भेला भएका छन् ।
बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमहानगर राष्टिय सम्मेलनमा सहभागी हुन प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु बुटवल आइपुगेका हुन् ।
शनिबार बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्वागत गरेको थियो ।
आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरुका बीचमा आन्तरिक छलफल चलिरहेको छ । छलफलमा उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरुको सहभागिता रहेको छ ।
विज्ञसहितको छलफलपछि साझा विषयहरुलाई समेटेर घोषणा पत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*