लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औं वार्षिकोत्सवको अवसरमा खेलकुद सप्ताह सुरु

खबरपथ संवाददाता
२३ माघ २०७९, सोमबार २०:१८

बुटवल । बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औं वार्षिकोत्सव समारोहको अवसरमा सोमबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले विएमएस प्रथम सेमेष्टर सेक्सन सी र विविएस दोश्रो वर्षको समुह विच भएको छात्र भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै खेल सप्ताहको शुभारम्भ गर्नु भएको हो । खेल सप्ताह फाल्गुन १ गतेसम्म संचालन हुने छ भने क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गर्दै फाल्गुन ६ गते एक समारोहका बिच ४२ औं वार्षिकोत्सव मनाउदैछ ।


खेल सप्ताह अन्तर्गत भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, बास्केटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, म्युजिकल चेयर, एक मिनेट कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, विजनेश प्लान कम्पिटेसन, रसि तान्ने प्रतियोगिता, दौड प्रतियोगिता, टेवल टेनिस, रक्तदान कार्यक्रम लगायतको आयोजना गरिएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो साथै क्याम्पसमा अध्ययन गरी २०७८ फाल्गुनदेखि २०७९ माघ महिनासम्म सरकारी÷गैरसरकारी तथा अन्य संघ संस्थाहरुमा रोजगारीको शिलशिलामा आवद्ध भएका वा आफ्नै उद्योग-व्यवसाय सञ्चालन गरी स्वउद्यमी भएकाहरुमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।
सोमबार भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विविएस दोश्रो वर्ष विजयी भएको छ भने दोश्रो खेलमा विएमएस चौथो सेमेष्टर विजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*