लुम्बिनी प्रदेशवाट राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

खबरपथ संवाददाता
२५ माघ २०७९, बुधबार २२:५१

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दरौदी राष्ट्रियसभा उपनिर्वाचनमा निर्वाचित भएका हुन भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभारमा सिमित हुन पुगे ।

एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*