आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस मनाउँदै

खबरपथ संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ११:४६

काठमाडौं । नेपालसहित विश्वभर आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस मनाउँदैछ । आजको दिन प्रेमिल जोडीले एक आपसमा उपहारसंगै प्रेम साटासाट गरि मनाउँदैछन् ।

एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो ।  नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको छ ।

भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।

यो वीकमा सहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ ।

प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*