सांसद चन्द्र भण्डारीकी आमाको निधन

खबरपथ संवाददाता
४ फाल्गुन २०७९, बिहीबार ११:५६

काठमाडौं । सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएकी हरिकलाको  कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा.निजिमा ताम्राकारले बताउनुभयो ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते हुनुभएको थियो ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उहाँको थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*