फागुन २५ देखि जजिराले भैरहवाबाट पुनः उडान भर्ने
खबरपथ संवाददाता
८ फाल्गुन २०७९, सोमबार ०७:४९
भैरहवा । आगामी फागुन २५ गतेदेखि कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।
विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७ः५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः५ मा कुवेतका लागि उड्ने झाले बताउनुभयो ।





















