डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड
काठमाडौं । बहराइनको प्रतिष्ठित इसा अवार्ड बाट डा. सन्दुक रुइत पुरस्कृत हुनु भएको छ । मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढीको पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्नु भएको हो ।
डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।
डा.रुइतले यस अघि सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाउनु भएको छ ।





















