बुटवलका पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा मृत्यु

खबरपथ संवाददाता
१४ फाल्गुन २०७९, आईतवार ११:४८

बुटवल । बुटवलको मिलनचोकमा गएराती भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु  भएको छ ।

शनिबार राति करिब सवा ११ बजे लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए। स्वर्गीय पत्रकार हितंगा प्रति हाम्रो तर्फबाट भावपुर्ण श्रद्धान्जली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*