सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुशासन सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण

खबरपथ संवाददाता
१७ फाल्गुन २०७९, बुधबार १९:१४

रुपन्देही । सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुसास सम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत लुम्बिनी ट्रक यातायात व्यवसायी संघको सहकार्यमा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा बुधबार प्रशिक्षण दिइएको हो । नेपाल ट्रक यतायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले गाडि चालकले आफ्नो परिवारको फोटो गाडिमा राखेर हिडे दुर्घटना कम हुने बताउँदै ओभरलोड बोकेर नहिँड्न चालकलाई आग्रह गरे ।

गाडि चालकले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउँने गरी सवारी चलाउनु पर्ने बताउँदै ट्रक पार्किङ्ग गर्दा सडक भन्दा १० फिट टाढा गएर रोक्नु पर्ने लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले बताए ।

रुपन्देहीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट १ सय २२ जनाको ज्यान गएको र चालु आर्थिक वर्षमा ६२ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक साकार राज पन्तले बताए ।

प्रशिक्षण कार्यक्रममा १ सय ५० बढी चालकलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष मधुसुदन आचार्यको स्वागत मन्तव्य र महासचिव रुमाखर गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*