तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

खबरपथ संवाददाता
८ चैत्र २०७९, बुधबार २०:२९

बुटवल । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको आजको पहिलो सेमीफाईनल खेलमा थ्री स्टार क्लबलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७ औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।

अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीच भोलि सेमिफाइनल खेल हुने छ ।

दुई विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*