आजबाट एसईई परीक्षा सुरु
यस बर्षको एसईई आजबाट सुरु भएको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी भएका छन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो ।
सबै भन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी भएका छन् । परीक्षामा ५० जना दृष्टिविहीन परीक्षार्थीका लागि उनीहरूको आफ्नै विद्यालयमा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ
पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ ।





















