उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्धारा बुद्धजन्मस्थलको भ्रमण
लुम्बिनी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भएको छ । मंगलबार लुम्बिनी आउनुभएका उपप्रधान एंव गृहमन्त्री श्रेष्ठ सहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगल लुम्बिनी भ्रमण गर्नुभएको हो ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गर्नुभयो ।
विभिन्न कार्यक्रमका शिलशिलामा रुपन्देही आउनुभएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्तिदीपको अवलोकन गर्नुभयो ।
त्यस्तै चिनिया विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरुको अवस्था र विकास निर्माणका सवालमा चासो राख्नुभएको थियो ।





















