सियारीका २५० घरधुरीलाई गाउँब्लक अन्तर्गतको जग्गा पुर्जा बितरण

खबरपथ संवाददाता
३० चैत्र २०७९, बिहीबार २०:५०

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्तर्गतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ ।
नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष घिमिरे ५ गाउँ व्लकको २५० जग्गा धनी पुर्जा बितरण गरिएको बताउनु भयो । उहाँले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताउनु भयो ।
लामो समय देखि जोत भोग गरेका जग्गा धनीले पुर्जा नपाउदा कुनै पनि बैकिङ कारोवार गर्न नपाएका जग्गा धनीले अब आबश्यक परेको बेला बैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताउनु भयो ।
२०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुदाँ देखि नै जोगभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा बितरण गरिएको हो ।
रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा बितरण गर्न बाकि रहेको नापि कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिनुभयो ।
उहाँले सियारीमा १ सय १५ गाउँव्लक मध्ये ३५ बटा व्लकको मात्र बितरण गर्न बाँकी रहेको बताउनु भयो ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र बितरण गर्न बाँकि रहेकाले बाकि रहेका गाउँ व्लकको पनि छिट्टै नै बितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताउन् भयो ।
जग्गा धनी पुर्जा पाएपछि उनीहरुले लामो समय पछि आफुहरु जग्गाको मालिक हुन पाउदाँ निकै खुसी भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*