वर्षामा ५० र हिउँदमा ३० युनिटसम्म विधुत खपत गर्नेलाई निःशुल्क

खबरपथ संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार १७:५९

काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने घोषणा गर्नु भएको हो ।

विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि गर्नु भएको छ । त्यस्तैगरी खाना पकाउने ग्यासलाई विद्युतबाट प्रतिस्थापन गर्ने निती लिईने घोषणा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*