रुकुममा जीप दुर्घटना हुँदा ५ जनाको मृत्य, १० जना घाइते

खबरपथ संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १७:४१

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका-५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा बिहिबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाम सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँका २२ दिनको छोरा रोशन केसीको मृत्यु भएको हो। त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताउनु भयो ।

यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। सानीभेरी गाउँपालिका-५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*