तिनाउ नदीमा जलसतह खतराको तह पार, सतर्क रहन आग्रह
बुटवल । लगातार भएको वर्षाका कारण नदीमा जलसतहले खतरको तह पार गरेको छ । बुटवल बाडी मापन केन्द्रले लगातारको बर्षाका कारण नदीमा खतराको तह पार गरेकाले नदीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ। जसले गर्दा तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.५ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।





















