४५ हजार रूपैयाँ घुससहित कोटहीमाईका इन्जिनियर पक्राउ

खबरपथ संवाददाता
२० असार २०८०, बुधबार २१:०७

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले ४५ हजार रूपैयाँ घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्द कुमार यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिदै गरेको अबस्थामा यादवलाई गाउँपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*