एसइईको नतिजा सार्वजनिक

खबरपथ संवाददाता
२१ असार २०८०, बिहीबार १६:०८

काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बिहीबार अपरान्ह सार्वजनिक गरेको हो ।  यस अघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक बिष्णु नारायण श्रेष्ठले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दिने तयारी भइरहेको बताए ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*