एसइईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

खबरपथ संवाददाता
२१ असार २०८०, बिहीबार १६:२२

काठमाडौं । यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बिहीबार अपरान्ह सार्वजनिक गरेको हो । बोर्डले २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४०० जिपिए ल्याएको सार्वजनिक गरेको छ ।

त्यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।

२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ । यस्तै, २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ । त्यस्तै २.००देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले बताएको छ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा :

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*