मुग्लिन-नारायणगढ सडक अवरूद्ध
खबरपथ संवाददाता
२३ असार २०८०, शनिबार १९:०२
चितवन । मुग्लिन-नारायणगढ सडक अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालिखोलामा शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरो खसेसँगै राजमार्ग दुबैतर्फ अवरूद्ध भएको मुग्लिन ट्राफिक कार्यालयले जनाएको छ ।





















