नौ घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

खबरपथ संवाददाता
२४ असार २०८०, आईतवार ०८:२९

चितवन । नौ घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।

 

यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*