लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ्ग कसुरमा पक्राउ

खबरपथ संवाददाता
१ श्रावण २०८०, सोमबार १२:११

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा यादवलाई पक्राउ गरेको हो ।

गएको माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशङ्कर यादवको नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डौको चेक बाउन्स भएपछि एमालेका नेता समेत रहेका प्रदेशका पूर्वमन्त्री यादव विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएपछि जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएसँगै बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जसपाबाट निर्वाचित भएपछि यादव शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । पछि यादव एमाले प्रवेश गरेका थिए । २०७९ सालमा भएको प्रदेश सभाको चुनावमा बाँकेको क्षेत्र नम्बर २ क बाट एमाले उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका यादव जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

यादवले २०७४ सालमा कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरी उम्मेदवार बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*