विश्वकै अग्लो बुद्धमूर्ती बनाउने अवधारणाबारे छलफल
लुम्बिनी । अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा काठमाण्डौमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमुर्ति बनाउने अवधारणामाथि छलफल भएको छ ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयाँ बानेश्वरमा गरेको छलफलमा मलेशिया स्टेवर्ड छुँगले बुद्धमुर्ति पार्क संग्रालय सहित तयार गुरुयोजनाको प्रारम्भीक अवधारणा प्रस्तुत गरेका थिए ।
नेपालको तर्फबाट जग्गा प्राप्तीको प्रक्रिया समयमा टुंिगएमा कपिलवस्तुको बाणगंगा नदी किनारमा आगामी ७ बर्षमा २४५ मिटर अग्लो बुद्धमुर्ति सहितको पार्क बन्ने कार्ययोजना तय गरिएको स्टेवर्डले बताए । बुद्धले २९ बर्ष बिताएको कपिलबस्तुमा संसारकै अग्लो बुद्धमूर्ती निर्माणले विश्वमा नयाँ किर्तीमान कायम गर्ने पूर्वप्रधानमन्त्री माधव नेपालले बताए । उनले यो सम्पन्न गर्न सकिएमा नेपाल सगरमाथाले मात्र हैन बुद्धको संसारकै अग्लो बुद्धमुर्तिले पनि चिनिने बताए ।
कार्यक्रम चिनियाँ मास्टर से डे युन को उपस्थिती थियो । उनले उक्त परियोजनाका लागि श्रोत जुटाउन कठिन नहुने धारणा राखेका थिए । कार्यक्रममा अवधारणाले डिटेल डिजाइन गर्न बुद्धिष्ट सेन्टर, वाइअप कम्पनि मलेशीया र टिआईडिए कन्सटक्सन चाइना विच कार्यसंझौता पनि गरिएको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रदेससभा सदस्य तथा पुर्व मन्त्री बिष्णु पन्थी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेस कुमार त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भटराई, योजना प्रमुख सरोज भटराई, कपिलवस्तु नगरप्रमुख सुदीप पौडेल लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन सेन्टरका सचिव मोहन गौतमले गरेका थिए ।





















