धरानमा आज रातिदेखि निषेधाज्ञा
खबरपथ संवाददाता
८ भाद्र २०८०, शुक्रबार १९:०५
विराटनगर । धरानमा प्रशासनले आज (शुक्रबार) रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन् ।






















