राष्ट्रपति रामचन्द्र पौडेलद्धारा तीन जनालाई राजदूतमा नियुक्त

खबरपथ संवाददाता
१२ भाद्र २०८०, मंगलवार ०६:५३

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गर्नु भएको छ ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेज बहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गर्नु भएको हो ।

उहाँहरुलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*