पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको मृत्यु, आठ जना घाइते

खबरपथ संवाददाता
१३ भाद्र २०८०, बुधबार ११:२२

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जीप जोर्तेमा पहिरोले पुरेको हो ।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राजकुमार चापागाईले बताए । पहिरोका कारण पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*