पाल्पा दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खबरपथ संवाददाता
१३ भाद्र २०८०, बुधबार १४:००

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिकाङ–२ जोर्तेमा पहिरोले जीप पुर्दा मृत्यु भएका मृतक र घाइतेको पहिचान खुलेको छ ।

मृत्युु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीय मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवलदार तानसेनका करिब ३२ वर्षीय यमबहादुर बोहोरा र कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना रहेका छन् ।

दुर्घटनामा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पाल्पा–तम्घास सडकखण्डको जोर्तेमा सडकमाथिबाट खसेको सुख्खा पहिरोले पुरेको थियो । अफ्ठेरो र कटान भइरहेको मोडमा सडकमाथिबाट ढुंगे पहिरो खसेपछि सडक बन्द छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*