पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम

खबरपथ संवाददाता
१५ भाद्र २०८०, शुक्रबार १६:५३

भैरहवा । पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए ।
उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए ।
समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्येश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रममा समुहमा कार्यरत कर्मचारी, मजदुर, स्थानिय, लिस्नु युवा क्लबका पदाधिकारी तथा सदस्य लगाएतले रक्तदानमा सहभागीता जनाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*