भगवती जात्राका अवसरमा तानसेन जाने आउने बसमा ५० प्रतिशत बसभाडा छुट

खबरपथ संवाददाता
२१ भाद्र २०८०, बिहीबार ११:०६

बुटवल । पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा आज भदौ २१ गते बुधबारका दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको बैठकले नेपाल अंग्रेज युद्धमा बिजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुटदिने निर्णय गरेको हो ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिबाट संचालित यात्रुबहाक बसमा बसपार्कस्थित काउन्टर र अन्य बुकिङ्ग काउन्टरबाट टिकट काटेमा मात्र सो सुबिधा प्राप्त हुने जनाइएको छ । प्रालिका अनुसार बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुबैतर्फबाट यात्रुहरुका लागि सो सुबिधा प्राप्त हुने प्रालिद्वारा प्रकासित सुचनामा उल्लेख छ ।

सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि बिजय हासिल गरेको थियो । सो युद्ध र बिजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बसभाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालद्वारा प्रकासित सुचनाका अनुसार बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बसपार्कस्थित काउन्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुबिधा प्राप्त गर्न नसक्ने जानकारी गराउदै प्रबन्धक भुसालले आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यले सो निर्णय गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*