सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

खबरपथ संवाददाता
२८ भाद्र २०८०, बिहीबार १६:००

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

स्व. नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् ।

स्व‍. नेम्वाङलाई प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली अन्तिम दिएका थिए भने नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।

त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*