होराइजन गौतम बुद्ध माविमा तीज गीत प्रतियोगिता सम्पन्न
तिलोत्तमा । न्यू होराइजन कलेज (होराइजन गौतम बुद्ध मा.वि. तिलोत्तमा) १ रूपन्देहीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूलाई कितावी ज्ञानका अतिरिक्त जीवन सम्बद्ध ज्ञानको पनि आवश्यकता पर्ने भएको हुँदा तीज गीत प्रतियोगिताको आयोजना गरिएको कुरा विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले जानकारी गराउनु भयो । बाइलोजी विषयकी विषय विभागीय प्रमुख एवं प्राध्यापक रीना शर्माको अध्यक्षता रहेको तीज गीत कार्यक्रममा उपप्राचार्य इन्द्र भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा होराइजन गौतम बुद्ध मा.वि.का उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, प्रदिप अर्याल, डा. तारानाथ भट्टराई, रुद्र भुसाल, प्रकाश घिमिरे, लक्ष्मणप्रसाद गौतम विषय विभागीय प्रमुखहरू, शिक्षक शिक्षिका तथा कर्मचारी एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगितामा विहानी समूहबाट ९ वटा टिमले प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये कक्षा १२ सेक्सन ए की छात्रा सन्ध्या भण्डारीले प्रथम स्थान, कक्षा ११ सेक्सन ई की छात्रा सलिना पौडेलले द्वितीय स्थान र कक्षा १२ सेक्सन डी का छात्राहरू मनिषा खरेल, आस्था भण्डारी र पुन गिरीको समूहहले तृतीय स्थान हासिल गरेका थिए ।
यसै गरी दिवा समूहमा भएको कार्यक्रममा ८ वटा टिमले सहभागीता जनाएको थिए । जसमध्ये कक्षा ११ विज्ञान, सेक्सन ए मा अध्ययनरत छात्रा ऋतिका सुनारले प्रथम स्थान, कक्षा १२ सेक्सन डी मा अध्ययनरत छात्रा विष्णु तीवारीको समूहले द्वितीय स्थान र कक्षा १२ व्यबस्थापन संकाय सेकसन डी मा अध्ययनरत छात्रा संन्ध्या चापागाईंको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएको थियो ।
कार्यक्रमलाई रोचक बनाउन चर्चित लोक गायक बसन्त लम्सालको विशेष प्रस्तुती रहेको कार्यक्रममा विद्यार्थीहरु झुमी झुमी नाचीरहेका देखिन्थे । यसैगरी सोही कार्यक्रममा वि.एस्सी.मा अध्ययनरत छात्र नेत्र नारायण काफ्लेको विशेष तीज नृत्य प्रस्तुती रहेको थियो । बिहानी समूहमा सम्पन्न कार्यक्रममा निर्णायकको भूमिकामा प्राध्यापक मोहन मरासिनी तथा भास्करनाथ पाण्डेय रहनु भएको थियो भने दिवा समूहको कार्यक्रममा प्राध्यापक श्री रमेश हरि ढकाल तथा माया ज्ञवाली रहनु भएको थियो । कार्यक्रममा विजयी प्रतियोगीहरुलाई नगद पुरस्कार प्रदान गरिएको कुरा प्रशासकीय अधिकृत मुकुन्द भट्टराईले जानकारी दिनुभयो । समग्र कार्यक्रमको संयोजन डा. मुरारि पराजुलीले गर्नुभएको थियो भने बिहानी समूहको कार्यक्रमको सञ्चालन कक्षा १२ व्यबस्थापन संकाय बिहानी समूह सेक्सन डी मा अध्ययनरत छात्रा पूजा शाहले गरेकी थिइन् भने दिवा समूहमा भएको कार्यक्रमको सञ्चालन राजेश्वरी कंडेल र कविता पौडेलले गरेका थिए ।