नेपालगञ्जमा कर्फ्यू आदेश जारी
खबरपथ संवाददाता
१६ आश्विन २०८०, मंगलवार १५:२९
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ। हिन्दू र मुस्लिम धर्मावलम्बीबीच धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले उपमहानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
पछिल्लो समय नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच सद्भाव भड्किने गतिविधि हुँदै आएका स्थानीय प्रशासनले जनाएको छ ।





















