सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति

खबरपथ संवाददाता
१६ आश्विन २०८०, मंगलवार १५:३२

धनगढी। सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हो ।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षति भएको जानकारीमा आएको छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

न्यूज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*