बुटवल उद्याेग वाणिज्य संघकाे अध्यक्षमा हरीप्रसाद अर्याल निर्वाचित

खबरपथ संवाददाता
२३ आश्विन २०८०, मंगलवार १४:४७

बुटवल। बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीकाे अध्यक्षमा हरीप्रसाद अर्याल निर्वाचित हुनुभएकाे छ । संघकाे ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत साेमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालकाे लागि अध्यक्ष पदमा ८७ मतले अर्याल निर्वाचित हुनु भएकाे हाे ।
अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएकाे छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएकाे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनु भयाे । संघकाे निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकाेमा १ हजार ५०६ मत खसेकाे थियाे । साेमबार सम्पन्न निर्वाचनकाे मंगलबार बिहान मत परिणाम सार्वजनिक भएकाे थियाे ।
संघकाे वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्बिराेध भएकाे छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा बिमलराज भट्टराई निर्बिराेध निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै उद्याेग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयाे । महासचिव पदमा ७६० मत सहित मुक्तिप्रसाद अधिकारी, काेषाध्यक्ष पदमा ८०९ मत सहित बसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मत सहित प्रतीक पाेखरेल र सहकाेषाध्यक्ष पदमा ८३० मत सहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएकाे छ ।
त्यसैगरी एक एशाेसियट सदस्य पदमा ७५१ मत सहित बालकृष्ण पाैडेल निर्वाचित हुनुभएकाे छ । चार उद्याेग सदस्य पदमा दीपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पाैडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै सात खुल्ला सदस्य पदमा बिष्णु (कमला) घिमिरे पन्त, बिष्णुप्रसाद पाैडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्याैपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पाैडेल र रेनु श्रेष्ठ निर्वाचित हुनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*