काँग्रेस रुपन्देही २ काे क्षेत्रीय सभापतिमा प्रजापाल गिरी निर्वाचित

रुपन्देही । नेपाली काँग्रेस रुपन्देही २ काे क्षेत्रीय सभापतिमा प्रजापाल गिरी निर्वाचित हुनु भएकाे छ । शनिबार भएकाे पार्टीकाे उपनिर्वाचनमा अर्का प्रतिस्पर्धि परशुराम ढकाललाई १०१ मतले पराजित गर्दै क्षेत्रीय सभापतिमा गिरी निर्वाचित हुनुभएकाे हाे ।
६७४ क्षेत्रीय प्रतिनिधि मतदाता रहेकाेमा ६१३ मत खसेकाे थियाे । त्यसमध्ये सभापतिमा निर्वाचित गिरीले ३४६ मत प्राप्त गर्नुभएकाे छ भने अर्का प्रत्यासी परशुराम ढकालले २४५ मत प्राप्त गर्नुभएकाे निर्वाचन अधिकृत नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझीले जानकारी गराउनु भयाे ।

त्यस्तै सहसचिव पदमा संगिता अर्याल गाैतम निर्वाचित हुनुभएकाे छ । उहाले अर्का प्रत्यासी विष्णुप्रसाद चापागाईलाई ८ मतले पराजित गर्दै विजयी हुनुभएकाे हाे । सहसचिव पदमा निर्वाचित अर्यालले २९७ मत र चापागाईले २८९ मत प्राप्त गर्नु भएकाे छ ।
पार्टीकाे १४ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित हरी लम्सालले राजिनामा गरेपछि रिक्त रहेकाे क्षेत्रीय सभापति पदमा शनिबार निर्वाचन भएकाे हाे । त्यस्तै सहसचिव राजबहादुर क्षेत्री पार्टी परित्याग गरेपछि सहसचिव पद पनि रिक्त रहेकाे थियाे ।
क्षेत्रीय समितिमा रिक्त दुई पदका लागि शनिबार बुटवलकाे बालमन्दिरमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएकाे थियाे ।