बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय नहरवरपर सरसफाई

खबरपथ संवाददाता
२७ आश्विन २०८०, शनिबार २१:४६

कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नियमित रुपमा सरसफाई गर्दै आएपनि लुम्बिनीलाई सफा र सुन्दर राख्न सबै पक्षलाई जिम्मेवार बनाउने उदेश्यले बेला बेलामा सरसफाई अभियान सञ्चालन गर्ने गरेको जनाएको छ । शनिबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेत सहितको उपस्थितीमा सरसफाई गरिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीलाई स्वच्छ र सफा राख्ने उदेश्यले नियमित सरसफाईसँगै समय–समयमा अभियान चलाएर सरसफाई गर्ने गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले नीति तथा कार्यक्रममा समेत लुम्बिनीलाई सफा र स्वच्छ राख्न कोषको अगुवाईमा बर्षमा कम्तीमा २ वटा र अन्य संघसंस्थासँग मिलेर सरसफाई गर्ने योजना बनेको बताए ।

शनिबार बसपार्क, हेलिप्याड क्षेत्र, केन्द्रीय नहरको दायाँ बायाँ हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।

यसअघि बुद्धजयन्तीको अवसर पारेर बैशाख महिनामा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पदाधिकारी र कर्मचारीहरुको सक्रियतामा सरसफाई गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*