बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

खबरपथ संवाददाता
२ कार्तिक २०८०, बिहीबार ११:१०

काठमाडौं । बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १० बजेर ३ मिनेटको समयमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*