एसिसी यू-१९ प्रिमियर कप : नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

खबरपथ संवाददाता
२ कार्तिक २०८०, बिहीबार ११:३८

काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३४८ रनको लक्ष्य दिएको छ ।

बिहीबार मलेसियामा भएको समूह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा ३४७ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४२ रन हाने। १७ चौका र २ छक्का प्रहार गरे। आकाश त्रिपाठी ८९ रन बनाएर आउट भए।

दीपक बोहोराले २९, विशालविक्रम केसीले २४, दीपक डुम्रे र दिपेश कँडेलले १४/१४, मिलन बोहोराले ९ रनको योगदान दिए।
आजको खेलमा साउदी अरबलाई हराए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*