बुटवलमा भूकम्पको धक्का महसूस

खबरपथ संवाददाता
५ कार्तिक २०८०, आईतवार १०:२७

बुटवल । बुटवलमा भूकम्पको धक्का महसूस भएको छ ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।

धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो ।

बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आएपछि त्रासको अवस्था सिर्जना भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*