पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

खबरपथ संवाददाता
५ कार्तिक २०८०, आईतवार २२:३०

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।

जीप खोलामा खसेको थियो । प्रहरीले दुर्घटनामा गम्भिर घाइत एक जनाको भने उद्धार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*