प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
खबरपथ संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ११:१७

काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार बैठक भूकम्पपछिको राहत र पुनःस्थापनाबारे छलफल गर्न बोलाइएको हो।