भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० : ५१ बजे

खबरपथ संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ११:२०

काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०: ५१ बजे शुभ रहेको जनाएको छ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरू हुने छ। तिहार नेपालीको दोस्रो ठूलो चाड हो। नेपालमा धेरैले मनाउने दसैं र तिहारलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। तिहार पाँच दिनसम्म मनाउने गरिन्छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*