अन्तराष्ट्रिय बौद्ध परिसंघ (आइबीसी) को अध्यक्षमा डा. लामा निर्वाचित
लुम्बिनी । भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ ) लाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्र्तराष्ट्रिय बौद्ध परिसंघको प्रेसिडेन्टमा निर्वाचित भएका छन । अन्र्तराष्ट्रिय बौद्ध परिसंघको शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै प्रेसिडेन्ट पदमा निर्वाचित भएका हुन ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्ली छन । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था (आइबीसि) को स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका थिए। भारत सरकारको मातहतमा रहेको आइबिसिले विश्वभरका बुद्धिष्टहरुलाई एकताबद्ध गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्टसंग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ ।
हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने क्ष्द्यऋको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ । उक्त संस्थाको प्रेसिडेन्टमा निर्वाचित भएका डा.लामाले सम्मेलनले आफूलाई अध्यक्षमा निर्वाचित गरेर बुद्ध जन्मस्थल पवित्र भुमी नेपालको सम्मान गरेको बताए ।
पुर्व मन्त्री र सविधानसभा सदस्य समेत भैसकेका उपाध्यक्ष डा। लामा बौद्धधर्मको विकास र सम्बर्द्धनमा निरन्तर लागी परेका छन । बुद्ध दर्शनमा लेख एवं प्रवचन दिई नेपाल र लुम्बिनीको पहिचान विश्वभरका बौद्धमार्गीहरुमा पु¥याएका छन् । अन्तर्राष्ट्रिय बुद्धिष्ट राष्ट्रहरु सम्मिलित आइबिसीमा कोषका उपाध्यक्ष डा. लामा प्रेसिडेन्टमा निर्वाचित भएसँगै लुम्बिनी बुद्धबारेको भ्रम चिर्न सफल हुने विश्वास गरिएको छ । साथै लुम्बिनीको विकास संरक्षण सम्बर्द्धन एवं अन्तर्राष्ट्रिय करण गर्न सहजे अपेक्षा गरिएको छ । साथै कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सुचीमा सूचीकरणका लागि थप सहयोग पु¥याउने अन्र्तराष्ट्रिय लविङ गर्न सहज हुनेछ ।





















