तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते

खबरपथ संवाददाता
१३ मंसिर २०८०, बुधबार ०८:२१

काठमाण्डौं ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*