अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

खबरपथ संवाददाता
२१ मंसिर २०८०, बिहीबार १२:३५

काठमाडौँ । नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् ।

जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*