कांग्रेस नेता शेखर-गगन पक्षको भेला सुरू
खबरपथ संवाददाता
२७ मंसिर २०८०, बुधबार १५:२१
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला – गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो ।
भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।
यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल हुनेछ ।





















