पाल्पा रैनादेवी-छहरा रुपन्देही सम्पर्क समाज गठन

खबरपथ संवाददाता
७ पुष २०८०, शनिबार १६:२१

बुटवल । पाल्पा रैनादेवी-छहरा रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन भएको छ।

शनिबार बुटवल देविनगरस्थित स्याडोज कटेजमा भएको भेलाले राम बहादुर खत्रीको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो।

पाल्पा जिल्लाको रैनादेवी-छहराबाट रुपन्देहीमा आई बसोबास गर्नेहरूको शनिबार सम्पन्न पहिलो भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा गोमा भट्टराई , सचिवमा मदन पौडेल, कोषाध्यक्षमा कृष्ण भण्डारी , सह-सचिवमा शंकर घर्ती चयन भएका छन ।

त्यसैगरी सदस्यहरूमा गोपाल प्रसाद न्यौपाने , हिम केसि , अमृत ब्यवहारे, गेहेन्द्र न्यौपाने, देवलाल अर्घाली , लोकनाथ पाण्डे, भुवन कार्की र खडक राना चयन भएका छन ।

पहिलो भेलाबाट तदर्थ समिति गठन गरिएको हुँदा छिट्टै पहिलो अधिवेशन आयोजना गरेर पूर्ण कार्यसमिति बनाउने समितिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*