लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने
खबरपथ संवाददाता
८ पुष २०८०, आईतवार १४:५०
बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आज हुने भएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए ।
प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे हुने जानकारी दिएको छ। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ।





















